संवैधानिक परिषद्को बैठक स्थगित

Ganesh Timilsina
लाेकपाटी न्यूज

काठमाडौं, १७ मंसिर । संवैधानिक परिषद्को बैठक केही दिनका लागि स्थगित भएको छ । सोमबार बस्ने भनिएको परिषद्को बैठक यही मंसिर २२ गते बस्ने गरी स्थगित भएको हो।

बैठक सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस गर्नका लागि बैठक बोलाइएको बताइएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार  संवैधानिक परिषद्का सदस्य नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताले गर्दा आजको बैठकले नाम सिफारिस गर्न सकेन ।

सभापति देउवा केन्द्रीय समितिको बैठकका लागि भन्दै त्यहाँबाट चाँडै नै निस्किएका थिए । अध्यक्ष तिमिल्सिनाले अर्को बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने सम्भावना रहेको जानकारी दिए ।