स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई पक्राउ

nepalarmy
लाेकपाटी न्यूज

बारा, १ चैत्र। बारा जिल्लाको परवानिपुर गाँउपालिका ३ बाट एपीएफ टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत घर भएका ४० वर्षीय ईनामोल र २५ वर्षीय ईसा आलम रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उक्त रुपैयाँसहित शनिबार पक्राउ गरेको हो।

बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा स्रोत खुलाउन
नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्