घर भत्कदा एकै परिवारका दुई बालिकाको मृत्यु

pahiro
सांकेतिक तस्बिर
लाेकपाटी न्यूज

डोल्पा, १ चैत्र। डोल्पामा घर भत्कदाँ एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने रङ्ग गाउँमा भरखर बनाएको घर भत्कदाँ दुई बालिकाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा १२ वर्षीया मञ्जु बुढा र २ वर्षीया लक्ष्मी बुढा रहेको तथा आमा रणमती बुढा गम्भीर घाइते भएकी त्रिपुराकोट प्रहरीले जनाएको छ। घाइते बुढालाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको छ।

घर भत्कदाँ उनको घुडाभन्दा मूनि च्यापिएको र बेहोस अवस्थामा फेला परेकी थिइन्। शुक्रबार बिहानदेखि निरन्तर परिरहेको वर्षासँगैको हिमपातका कारण घरको माथिल्लो तलाको गाह्रोमा पानी पसेर बन्दै गरेको दुईतले नयाँ घर भत्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्