काँग्रेस वडा सभापतिसहित १५० जना नेकपामा प्रवेश

parti prabas
लाेकपाटी न्यूज

भरत घिमिरे/ उदयपुर, १ चैत्र। उदयपुरमा नेपाली काँग्रेसलाई ठूलो धक्का लागेको छ। काँग्रेस छाडेर शनिबार एक कार्यक्रकाबिच ठूलो संख्यामा नेकपा प्रवेश गरेका छन्। जिल्लाको बेलका नगरपालिकास्थित नगर कमिटीको आयोजनामा १५० भन्दा बढि नेपाली कांग्रेसबाट नेकपामा पार्टी प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) जिल्ला समिती अध्यक्ष बिनोद कटुवाल ‘दिवस’ जानकारी दिए।

पार्टी प्रवेश गर्नेमा नेपाली काँग्रेस वडा सभापति राजकुमार पाण्डे, ढकन पाण्डे, शिव अधिकारी, तिलक तिमिल्सिना, कुल बहादुर नेपालीसहित स्थानीय नेता कार्यकर्ता बुद्धिजीवि रहेका अनेरास्ववियूका केन्द्रीय सदस्य भरत घिमिरेले जानकारी दिए। बेलका नगरपालिका वडा नम्बर ३ कालीखोलामा आयोजित एक समारोहकाबिच पार्टी प्रवेश गराइएको बेलका नगर समिती अध्यक्ष मनोज तामाङले बताए।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर इञ्चार्ज बलदेव चौधरीको प्रमूख आथित्यतामा पार्टी प्रवेश कार्यक्रम भएको हो। कार्यक्रममा नेकपा अध्यक्ष बिनोद कटुवाल, सचिव ईश्वरमणी राउत, प्रदेश सदस्य मणी पौडेल, राजन किँराती, द्रोण पौडेल, बेलका नगरप्रमूख दुर्गा कुमार थापालगायतको उपस्थिती रहेको थियो। उदयपुरको एक मात्र स्थानीय तहमा नेकपाले एकताको सम्पुर्ण प्रक्रिया टुङ्गाएको छ। नेकपा उदयपुरले देशकै कान्छा जिल्ला अध्यक्ष पाएसँगै पार्टीको संगाठनात्मक गतिविधीलाई तिब्रता दिएको पाईन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्