पूर्व मिस नेपाल उषा खड्गीको सम्बन्ध विच्छेद

लोकपाटी न्यूज

काठमाडौं। पूर्वमिस नेपाल उषा खड्गीले जिपी तिमिल्सिनासँगको वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेकी छन्।खड्गीले सामाजिक सञ्जाल फेसबुक मार्फत सञ्चारकर्मी तिमिल्सिनासँगको १७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य भएको जानकारी दिएकी हुन्।

जीवनको लामो समय सँगै बिताउँदा पनि आफूमाथि शारीरिक तथा मानिसक यातना नरोकिएको र जिपीमा सुधार नआएकाले आफूले सम्बन्ध अन्त्य गर्ने निर्णय लिएको खड्गीले उल्लेख गरेकी छन्। वैवाहिक सम्बन्धका क्रममा झेलेको हिंसाको प्रसंगमा खड्गी भक्कानिएकी छन्।

‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो,’ उनले वैवाहिक सम्बन्ध तोड्नुको कारणबारे भनेकी छन्। यसअघि नै उषा र जीपीबीच डिभोर्स हुने चर्चा चलेको थियो । यद्यपि उनीहरु दुवैले त्यसलाई नकार्दै आएका थिए।

तर, अहिले उषा आफैंले यसबारे मुख खोलेकी हुन्। उनले फेसबुकमा स्टाटसमा लेख्दै माया र सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन् र यसले आफूलाई थप बलियो बनाएको बताएकी छन्। उनले सन्तानका लागि सदैव लड्ने बताएकी छन्। उषा र जिपीको प्रेम सम्बन्धपछि विवाह भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्