कोरोना उपचारका लागी आफ्नै होटेललाई हस्पिटल बनाउदै रोनाल्डो

लोकपाटी न्यूज

काठमाडौं, २ चैत्र। पोर्चुगलमा समेत कोरोना भाइरको संक्रमण बढ्न थालेपछि क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पतालमा परिवर्तन गर्न सुरु गरेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर–७’ लाई उनले अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको हुन ।
उनले आफ्नोे होटेललाई सात दिनभित्र अस्पतालमा परिणत गरेर कोरोना संक्रमित उपचार गर्न लागेको बताईएको छ ।उनले आफ्नो अस्पतालमा बिरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च निस्शुल्क हुने पनि बताएका छन । त्यस्तै उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च उनले व्यक्तिगत रुपमै व्यहोर्ने छन ।

फुटबलमा विश्वभर ख्याती कमाएका रोनाल्डो सामाजिक कार्यमा पनि संम्लग्न हुदै आएका छन । पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना संक्रमित भएको पृष्टि भए पनि अहिलेसम्म कसैको ज्यान भने गएको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्