जनसम्बन्ध विस्तारमा नेकपा

nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्लाका ११ वटै स्थानीय तहमा तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारबाट शुरु गरेको छ। जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे पारसले अभियानका क्रममा पार्टी सदस्यता नविकरण, एकताका बाँकी कामलाई पूर्णता दिनुका साथै जनवर्गीय सङ्गठनको एकीकरण, जनप्रतिनिधिसँग अन्तक्रिया गरिने जानकारी दिए।

उनले सरकारले गरेका कामको प्रचारप्रसार, भेला, कार्यकर्तासँग भेटघाट गरेर पार्टीका धारणा र विचारलाई जनतामाझ लैजाने बताए। यसैबीच कालीगण्डकी गाउँपालिका-५ बाँसटारीका आगलागी पीडितलाई राहत वितरण गरिएको छ। कालीगण्डकी गाउँपालिकाले प्रतिघर १५ हजार र प्रतिगोठको १० हजारका साथै घर निर्माणका लागि आवश्यक जस्तापाता, त्रिपाल र ब्ल्याङ्केट वितरण गरिएको जनाएको छ ।

आगलागीबाट घर-गोठ जल्नुका साथै अन्य सामग्रीसमेत क्षति पुगेकाले तत्कालका लागि गाउँपालिकाको तर्फबाट सहयोग गरेको र थप सहयोगका लागि गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको गाउँपालिका अध्यक्ष खिम थापाले जानकारी दिए। बिहीबार दिउँसो एक्कासी आगलागी हुँदा दुई घर र चार गोठ जलेर नष्ठ हुनुका साथै दुई भैँसीसमेत मरेका थिए।

दिउँसो नेत्रप्रसाद न्यौपानेको घरमा कुडो पकाउने क्रममा आगो गोठमा सल्किन पुगी गोठ जलेपछि सोही आगो अन्य घर र गोठमा पनि सल्किन पुग्दा क्षति भएको थियो। आगलागी हुँदा अन्दाजी २३ लाख १३ हजार बराबरको क्षति भएको अनुमान छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्