स्पेनी प्रधानमन्त्री पत्नीलाई कोरोना भएको पुष्टि

NATO Leaders Summit Takes Place In The UK - Day One
लाेकपाटी न्यूज

स्पेन। स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। पेद्रोकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो।

स्पेनको सरकारले आइतबार दिएको जानकारी अनुसार प्रधानमन्त्री पत्नीको कोरोना संक्रमण जाँच पोजेटिभ देखिएको हो। प्रधानमन्त्री र उनकी पत्नीको स्वास्थ्य राम्रो भएको र उनीहरुले चिकित्सा अधिकारीहरुको निर्देशन अनुसरण गर्दै मड्रिडस्थित ला मोन्क्लोआ प्लालेसमा रहेको जनाइएको छ।

यसअघि सान्चेज मन्त्रिमण्डलका दुई मन्त्रीको कोरोना भाइरस परीक्षण पनि सकारात्मक देखिएको थियो। उनीहरु दुबै जनाको स्वास्थ राम्रो रहेको स्पेनी सरकारले जनाएको छ। मन्त्रिपरिषद्का अन्य सदस्यको परीक्षण भने नेगेटिभ आएको थियो।

स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १ सय ९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ। स्पेनी सरकारले संक्रमणलाई ध्यानमा राख्दै देशमा आंशिक ‘लकडाउन’ सुरु गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्