शेयर कारोबार हुने समय एक घण्टा थप

Share Market
लोकपाटी न्यूज

काठमाडौं २ चैत। नेपाल स्टक एक्सचेञ्जले चैत २ गतेदेखि लागु हुने गरी शेयर कारोबार समय १ घण्टा बढाएको छ । कारोबार हुने समय बढाएसंगै आजदेखि दैनिक ५ घण्टा कारोबार हुने छ । बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्मको लागि कारोबार समय निर्धारण गरीएको हो।
नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार नेप्सेको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कारोबार समयलाई बढाउने निर्णय गरेको हो । पहिले शेयर बजार दैनिक ३ घण्टा खुल्थ्यो । १२ बजेदेखि ३ बजेसम्म खुल्ने बजारलाई २०७३ साउनदेखि दैनिक ४ घण्टा बनाइएको थियो । त्योबेला कारोबार खुल्ने समयलाई १ घण्टा अघि सारिएको थियो । अहिले कारोबार भने कारोबार बन्द हुने समयलाई १ घण्टा पछि सारिएको हो ।