नानाले हाले तनुश्री विरुद्ध २५ करोड मानहानीको मुद्दा

  • 34
    Shares
लोकपाटी न्यूज

काठमाडौं, २ चैत। अभिनेता नाना पाटेकरलाई मिटु क्याम्पेनको समयमा आरोप लगाएकी अभिनेत्री तनुश्री दत्ता समस्यामा परेकी छिन्। नानाको एनजिओ ‘नाम फाउन्डेसन’ले तनुश्रीविरुद्ध २५ करोड रुपैयाँको मानहानी मुद्दा दायर गरेपछि उनि समस्यामा परेकी हुन।

योसँगै बम्बईको उच्च अदालतले तनुश्रीको प्रेस कन्फ्रेन्समा नाम फाउन्डेसनविरुद्ध आरोप लगाउनबाट रोकिदिएको छ। पछिल्ला दिन तनुश्रीले नानाले एनजिओको नाममा भ्रष्टाचार गरेको भन्दै गम्भीर आरोप लगाएकी थिइन्। त्यसपछि यो फाउन्डेसनले उनीविरुद्ध मुद्दा दायर गरेको हो। तर, तनुश्री अदालतमा उपस्थित भएकी छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्