‘ट्रम्पमा कोरोना भाइरसको संक्रमण देखिएन’ : व्हाइट हाउस

Donald Trump
लोकपाटी न्यूज

काठमाडौं,२ चैत। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोना भाइरसको संक्रमण नदेखिएको व्हाइट हाउसका डाक्टरले बताएका छन। ट्रम्पले फ्लोरिडा रिसोर्टमा ब्राजिलका एक प्रतिनिधिमण्डलसँगको बैठकमा भेटघाट गरेको केही दिनपछि परीक्षण गरिएको थियो, जसमध्ये केहीमा भाइरसको सङ्क्रमण देखिएको थियो।

ह्वाइट हाउसका चिकित्सकहरूले उक्त परीक्षणले ट्रम्पलाई उक्त भाइरसको संक्रमण नदेखिएको बताएका छन्।
‘मार–ए–लागोमा बाज्रिलका प्रतिनिधिमण्डलसँग रात्रिभोजमा सहभागी भएको एक हप्तापछि राष्ट्रपति ट्रम्पमा कोरोना सङ्क्रमण नदेखिएको हो’, सेन कोनलेले भने ।

यसैबीच अमेरिकामा २ हजार २ सय २६ जनालाई कोरोना भाइरस देखिएको छ भने ४९ जनाको ज्यान गएको छ। ट्रम्पले मार्च १५ गतेलाई राष्ट्रिय प्रार्थना दिनको रूपमा मनाउने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्