कालोबजारी गर्ने व्यवसायीलाई तत्काल कारबाही गरौं : देवेन्द्र पौडेल

upabhokta
लाेकपाटी न्यूज

काठमाडौं, २ चैत। सांसद देवेन्द्र पौडेलले बजार अनुगमन गर्नुपर्ने बताएका छन्। कोरोनाको त्रासका कारण बजारमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव तथा व्यवसायीहरुको मनलाग्दी रोक्न तत्काल सरकारले बजार अनुगमन गर्नुपर्नेमा सांसद पौडेलले माग गरेका हुन्।

आइतबार बसेको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद पौडेलले जनगुनासो अनुसार बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवाको कृतिम अभाव भएको बताए।

मूल्य पनि बजारमा अस्वभाविक वृद्धि भएको जनगुनासो रहेको बताएका थिए। सम्बन्धीत पक्षले तत्काल बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कारबाही गरेर सरकारको सहभागिता देखाउनु पर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्