यूरोपमा महाविपत्ति : इटालीमा १५०० काे ज्यान गयाे

Corona virus (Covid-19)
लाेकपाटी न्यूज

एजेन्सी। युरोपेली मुलुकहरुले व्यापक प्रतिबन्धको घोषणा गरेका छन्। कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि युरोपेली मुलुकहरुले व्यापक प्रतिबन्धको घोषणा गरेका हुन्।

फ्रान्सले पर्यटनको मुटु मानिने इफेल टावर प्रवेश अनिश्चितकालका लागि बन्द गरिदिएको छ। फ्रान्ससँगै स्पेनले आफ्ना नागरिकको गतिविधीमाथि व्यापक प्रतिबन्ध घोषणा गरेको छ। इटलीमा कोरोना संक्रमणको अवस्था निकै भयावह देखिएको छ। अहिलेसम्म त्यहाँ संक्रमणका कारण १४ सय ४१ जनाको ज्यान गएको छ।

१५ सय १८ जनाको अवस्था चिन्ताजनक रहेको छ। कोरोनाकै कारण स्पेनमा १९६ र फ्रान्समा ९१ जनाको ज्यान गइसकेको छ। चीनको उहानमा शुरूमा कोरोना संक्रमित पत्ता लाग्दा अट्टाहस गरेर बसेका युरोपेलीहरु यतिखेर आफैं समस्यामा परेका हुन्।

यता चीनले भने युद्धस्तरमा स्वास्थ्य उपचार र सजगताको काम गरेर कोरोना संक्रमण फैलावटलाई लगभग नियन्त्रणमा लिइसकेको छ। १९१ जनाको ज्यान गएपछि युरोपमा स्पेन इटालीपछिको सबैभन्दा खराब प्रभाव परेको देश भएको छ। फ्रान्सले पनि ९१ जनाको ज्यान गएपछि क्याफे, रेस्टुरेन्ट, सिनेमाघर र पसलहरु बन्द गरिदिएको छ।

युरोपेली देशहरुमध्ये इटालीमा कोरोना संक्रमणका कारण सबैभन्दा धेरै अर्थात १४४० जनाको मृत्यु भएको छ।
मानवीय हताहती बढेपछि सोमबार नै इटालीले राष्ट्रव्यापी प्रतिबन्ध घोषणा गरेको छ। विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले पनि युरोपलाई कोरोना महामारीको नयाँ केन्द्रबिन्दु भएको बताएको छ। युरोपका अधिकांश मुलुकमा कोरोना संक्रमणका मामिला भेटिइसकेका छन्।

चीनको वुहानबाट शुरूमा कोरोना संक्रमित पत्ता लाग्दा अट्टाहस गरेर बसेका युरोपेलीहरु यतिखेर आफैं समस्यामा परेका हुन्। यता चीनले भने युद्धस्तरमा स्वास्थ्य उपचार र सजगताको काम गरेर कोरोना संक्रमण फैलावटलाई लगभग नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्