तीनवटा अस्पतालमा कोरोनाको मात्र उपचार हुन्छः स्वास्थ्यमन्त्री

लोकपाटी न्यूज

काठमाडौं। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण आउन नदिन सरकारले सावधानी अपनाइ रहेको बताएका छन्। राष्ट्रियसभा बैठकमा सरकारकातर्फबाट कोरोना भाइरससम्बनिध जानकारी गराउँदै मन्त्री ढकालले कोरोनाको संक्रमण देखिएमा उपचारका लागि विशेष तयारी गरेको जानकारी दिए।

उनले नेपालमा हालसम्म कसैलाई पनि कोरोना भाइरसको संक्रमण नदेखिएको बताए। मन्त्री ढकालले हालसम्म ४ सय ६४ जनामा कोरोना संक्रमणको आशंकामा स्वासथय परिक्षण गरिएपनि सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए। देशमा साना ठुला १२९ नाकामध्ये ४३ विन्दुमा जाँच गरेर भारत हुादै नेपाल आउने व्यवस्थापना कार्य अघि बढिरहेको बताए । त्यस्तै सिमा जोडिएका स्थानीय तहलाई पनि २१ बुँदे निर्देशन पठाइएर आवश्यक सावधानीको व्यवस्था गरिएको मन्त्री ढकालले जानकारी गराए ।

उनले सरकारले नेपालमा कोरोना भाइरसलाई नेपाल पस्नै नदिन सावधानीअपनाइएको बताए । ‘नेपालभित्र प्रवेश गर्न नदिने लक्ष्यका साथ सावधानी अपनाइरहेका छौं । हाल मिलाउने, गला मिलाउने भन्दा निश्चित दूरीबाट नमस्कार गर्ने, हात धुने, भीडमा नजानेजस्ता अन्य विषयमा हामीले ध्यान दिलाएका छौं,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई पनि जिल्ला नछाड्न भनिसकिएको उनले बताए। त्यस्तै, उनले ५६ लाख विद्यार्थी अध्ययनरत रहेको, १ देखि ९ सम्मका ५० लाख विद्यार्थीको परिक्षा आगामी चैत ५ भित्र सक्ने योजना रहेको, बताए। एसईइ एक दुई दिनको अवस्था हेरेर परिक्षा तालिका बनाउने पनि जानकारी दिए। सगरमाथा संवाद स्थगित गरिएको, अन्तर्राष्ट्रिय कार्यक्रममा भाग नलिने, भोजभतेर र भिडभाड हुने कार्यक्रममा नगएर सहयोग गर्न जनतालाई आव्हान गरिसकेको उनले बताए।

मन्त्री ढकालले देशभरमा २ सय ३५ शय्या आइसियु कोरोनाका बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए। उनका अनुसार उपत्यकामा १ सय २० र उपत्यकाबाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु तयारी गरिएको हो। काठमाडौंमा कोरोनाका बिरामीका लागि तीनवटा अस्पताललाई पनि तयारी अवस्थामा राखिएको उनले जाकनारी दिए। उनका अनुसार ती तीन अस्पतालमा कोरोनाका बिरामीको मात्र उपचार हुने व्यवस्था गरिने छ। अन्य बिरामीलाई अन्य अस्पतालमा उपचारको व्यवस्था गर्ने तयारी भएको हो।

‘हामीले कोरोना भाइरसलाई नेपालमा आउन नै नदिने गरी विशेष तयारी गरेका छौं,’ उनले भने, ‘तर यो तयारी रहँदा रहँदै पनि यदि नेपालमा यो भाइरसको संक्रमण देखिएमा उपचारका लागि तीनवटा अस्पताल र आइसियुको व्यवस्था गरिएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्