सडक दुर्घटनाबारे गम्भीर हुन सांसद अथककाे ध्यानाकर्षण

Maheswor Gahatraj
लाेकपाटी न्यूज

काठमाडौं, २ चैत। बाँके क्षेत्र नम्बर १ का संघीय साँसद महेश्वर गहतराज अथकले सवारी दुर्घटनाका बारेमा सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन्। बाँकेमा दिनहुँ जसो भइरहेको सवारी दुर्घटनाका बारेमा सम्बन्धित सरोकारवालाको सांसद अथकले ध्यानाकर्षण गराएका हुन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सवारी दुर्घटना रोक्न प्रतिनिधिसभामार्फत् सरोकारवालाको ध्यानाकर्षण गराएका हुन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै साँसद अथकले यही फागुन २७ गते देखि २९ गतेसम्म ३ दिनमा ५ जनाको मृत्यु भएको भन्दै गम्भिर बन्न अनुरोध गरे। साँसद अथकले शभामा बोल्दै बाँकेको अगैयामा बिष्णु बेल्बासे , बैजनाथमा दिल बहादुर पुन ,कोहलपुरको पिपरीमा रामपति थारु, कोहलपुरको बसपार्क नजिक जय बहादुर रोका र जानकीमा ठाकुर खटिकको ज्यान गएको भन्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गर्दै मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिसहित घाइतेहरुलाई उपचारको माग गरेका छन्।

यसैगरि, प्रतिनिधिसभामा बोल्दै साँसद अथकले नेपालगञ्ज खजुरा रोडमा पर्ने मेनिफ्याक्चिङ इन्डस्ट्रिज प्रालिले सञ्चालन गरेको चप्पल कारखानामा भीषण आगलागी हुँदा सनाखत हुन नसकेको एक जनाको मृत्यु भएको र दिलिप चमार गँभिर घाइते भएको भन्दै करौडौको क्षति भएकोले राज्यले राहत दिनुपर्ने बताए। उनले ट्राफिक प्रहरी लगायत सरोकारवाला निकायले समयमै ध्यान नदिए सवारी दुर्घटनाले भयानक रुप लिने बताउदै आफूले यथासक्य रोकथामका लागि पहल गर्न आग्रह गरे गरेको जानकारी गराए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्