नेपाल–भारत मैत्री बस आजदेखि बन्द

लोकपाटी न्यूज

काठमाडौं, २ चैत। नेपाल–भारत मैत्री बस सेवा आजदेखि बन्द गरिएको छ। कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको मैत्री बस कोरोना भाइरसको कारण देखाउदै बन्द गरिएको हो ।

महाकाली यातायातका अध्यक्ष डम्बर पन्तका अनुसार भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि बस सेवा बन्द गरिएको हो। “जिल्ला प्रशासन कार्यालय मार्फत भारतीय प्रदेश सरकारको पत्रको जानकारी दिँदै बस सेवा रोक्न भनिएपछि बस सेवा बन्द गरेका छौँ”, उनले भने। अर्को आदेश नआउँदासम्म बस सेवा रोकिएको उनले बताए।

नयाँदिल्ली, देहरादुन लगायतका क्षेत्रमा नेपाल–भारत मैत्री बस सेवा सञ्चालन हुदै आएको छ। महाकाली, पवनदूत लगायतका आधा दर्जन बढी नेपाल–भारत मैत्री बस दैनिक सञ्चालनमा हुँदै आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्