प्रधानमन्त्रीको पेटबाट स्टेन्ट निकालियो

KP_PM
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको पेटबाट स्टेन्ट निकालिएको छ। गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली फलोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डा. उत्तमकुमार शर्माले प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट आज झिकिएको जानकारी दिए। ‘उहाँका अरू प्यारामिटरहरू पनि सामान्य छन्,’ शर्माले भने,‘तर धेरै लामो धपेडी गर्न हुन्न। मैले प्रधानमन्त्रीज्यू धेरै लामा मिटिङ गर्नुभएन भनें उहाँ मुस्कुराउनुमात्र भयो।’

बिहान साढे १० बजेतिर अस्पताल पुगेका प्रधानमन्त्री ओली फलोअप सकेर दिउँसो ३ बजेतिर बालुवाटार फर्किएका छन्। अहिले केहीबेरमा उनी भारतीय प्रधानमन्त्रीले प्रस्ताव गरेको सार्क सदस्य राष्ट्रका नेताहरूबीच हुन लागेको भिडिओ कन्फरेन्समा सहभागी हुँदैछन्। उक्त कन्फरेन्समा कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउनेबारे छलफल हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्