स्वास्थ्य सामग्री खरिदको जटिलता हटाउन मुख्यमन्त्रीको माग

PM_CM_Meeting
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कारोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक यतिबेला प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ। बैठकमा प्रदेश प्रमूख तथा मुख्यमन्त्रीहरुको समेत सहभागिता रहेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसको जोखिमबाट जोगिने विषयमा छलफल भइरहेको छ। बैठकबाट निस्किँदै सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमित भेटिएको खण्डका त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको बताए।

बैठकमा मुख्यमन्त्रीहरूले स्वास्थ सामग्री खरिद प्रकिया प्रदेश सरकारले खरिद गर्दा प्रक्रिया जटिल रहेकाले सहज बनाईदिन आग्रह गरेको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए। ‘कोरोना भाइरसविरुद्ध लड्नका लागि अत्यावश्यक सामग्री खरिदका लागि नियमित प्रक्रिया ढिलो भएको हुँदा त्यसलाई संशोधन गरेर आपतकालिन खरिद गरिने विषयमा छलफल भयो’, उनले भने, ‘खुला सिमाना व्यवस्थापन गर्ने विषयमा छलफल भएको छ।’