वर्षाका कारण कश्मीरमा बाढी-पहिरो

kasmir pahiro 1
लाेकपाटी न्यूज

एजेन्सी। भारतीय प्रशासित कश्मीरमा पहिरोका कारण मुख्य सडक नै अवरुद्ध बनेको छ। उत्तरी भेगका विभिन्न स्थानमा पहिरो गएको हो।  रामनगर र उद्यमपुर जोड्ने कश्मीरको मुख्य सडक नै पहिरोले अवरुद्ध पारेको छ।

सडकखण्डमा भासिनुका साथै केही ठाउँमा चट्टान र पहिरो खसेर अवरुद्ध भएको हो। जसले गर्दा जम्मु-श्रीनगर हाइवे शनिबारदेखि अवरुद्ध बनेको छ। जसकारण स्थानीयहरु पैदल हिँड्न बाध्य भएका छन्। हिमाञ्चलका सिम्ला लगायत स्थानमा पनि पहिरोले जनजीवन कष्टकर बनेको छ।

भारत बाढी पहिरोको अत्याधिक क्षति भइरहने देशमध्ये एक हो। हरेक वर्ष एक अर्ब भन्दा धेरै मानिस बाढी पहिरोको जोखिममा पर्ने गर्छन्। शनिबार दिल्ली लगायत विभिन्न स्थानमा भीषण वर्षा भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्