नेपालमा कतै कोरोनाको संक्रमण देखा परेको छैन: स्वास्थ्यमन्त्री

Bhanubhakta Dhakal
लोकपाटी न्यूज

काठमाडौ,२ चैत। नेपालमा हालसम्म कोरोनाको कुनै संक्रमण फेला नपरेको सरकारले स्पष्ट पारेको छ । चीनको वुहानबाट विश्वका १ सय ५२ देशमा फैलिएको र हालसम्म पाँच हजार ८४९ को मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक भए पनि नेपालमा ४६४ जनामा परीक्षण गरिँदा हालसम्म सङ्क्रमित फेला नपरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन ।

कोरोनको सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सतर्कता अपनाइएको उनले बताए । आईतबार राष्ट्रियसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री ढकालले सङ्घीय सरकारले प्रदेश तथा स्थानीय तहको सरकारसँग प्रभावकारी समन्वय सक्रमण फैलन नदिने विशेष सतर्कता अपनाएको पनि जानकारी दिए ।

सरकारले कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राखी कूटनीतिकबाहेकका सबै प्रवेशाज्ञा आगामी वैशाख १८ गतेसम्मका लागि स्थगन गरेको जानकारी दिँदै स्वास्थ्यमन्त्रीले छोटो समयका लागि विदेश अध्ययनमा जाने विद्यार्थी र विदेशमा काम गर्न जाने श्रमिकको श्रम स्वीकृति पनि बन्द गरिएको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्