स्रोत नखुलेको १२ लाख रुपैयाँ सहित दुई भारतीय पक्राउ

Arrest
लोकपाटी न्यूज

काठमाडौं २ चैत। पथलौया-वीरगञ्ज औधोगिक करिडोरको जितपुर क्षेत्रबाट श्रोत नखुलेको १२ लाख ३६ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई प्रकाउ परेका छन। शसस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प जितपुरले भारतको रघुनाथपुर बस्ने इनामोल मियाँ र सोही ठेगानाका इशर आलमलाई बिआर ०५ जेट १३८३ नम्बर भारतीय मोटरसाइकलको डब्बामा लुकाइछिपाइ नेपाल ल्याइरहेको अवस्थामा जितपुरबाट १२ लाख ३६ हजार रुपैयाँसहित पक्राउ गरेका हो।
शसस्त्र प्रहरी निरीक्षक डिलेन्द्र खत्रीले नेपाल भारत सीमा नाकाबाट बारातर्फ आउँदै गरेको सूचना पाएपछि पच्छाउँदै जाने क्रममा रकमसहित दुई भारतीय नागरिकलाई प्रकाउ गरेको बताए। प्रहरीले पक्राउ परेका दुवै भारतीय नागरिक, १२ लाख ३६ हजार नेपाली रुपैयाँ र भारतीय नम्बर प्लेटको मोटरसाइकलाई आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। ‘श्रोत नखुलेको १० लाखभन्दा बढीको रकमको अनुसन्धान र कारवाही प्रहरीले गर्न नमिल्ने भएकोले हामीले भारतीय नागरिकसहित रुपैयाँ र मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालय बुझायौँ’ खत्रीले भने। बैकिङ कारोबार देखाउन नमिल्ने भएपछि श्रोत नखुलेको सो रकम भारतीय नागरिकले तस्करीको आम्दानीबाट ल्याएका हुनुसक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्