प्रधानमन्त्री ओलीलाई मोदीले दिए स्वास्थ्य लाभको कामना

modi
लाेकपाटी न्यूज

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

विश्व नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ ले आक्रान्त भइरहेका बेला दक्षिण एसिया सहयोग संगठन (सार्क) नेताहरुले यसविरुद्धको साझा रणनीति बनाउन भिडियो सम्मेलन गरेका छन्। सम्मेलनको सुरुआतमा आयोजक भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीलाई स्वास्थ्य लाभको कामना गरेका हुन्।

उनले भने, ‘प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएलगत्तै हामीले यस विषयमा छलफलका लागि जोडिएका थियौं। मेरो प्रधानमन्त्री ओलीलाई शीघ्र स्वास्थ्य लाभको कामना।’ प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनले अफगानिस्तानका नवनिर्वाचित राष्ट्रपति असरफ घानीलाई पनि बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

यसअघि १३ मार्चमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै नोबल कोरोना भाइरससँग जुध्‍न सार्क स्तरीय नयाँ योजना र रणनीतिको खाँचो औँल्याएका थिए। त्यही योजनाअन्तर्गत आइतबार सार्क देशका प्रधानमन्त्रहरुले भिडियो सम्मेलन भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्