कोरोना भाइरस विरुद्ध सवै मिलेर अघि बडौं: नरेन्द्र मोदी

लोकपाटी न्यूज

काठमाडौ, २ चैत। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकहरुमा कोरोना भाइरसको ठूलो जोखिम रहेको हुँदा सवै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स प्रधानमन्त्री मोदीले दक्षिण एसियाली मुलुकमा विश्व जनसंख्याको ५ भागको १ भाग जनसंख्या रहेको र यस क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्था कमजोर रहेकाले जोखिमको सम्भावना अधिक रहेको बताएका हुन्।

उनले विश्वका विभिन्न मुलुकमा रहेका नागरिकहरुलाई स्वदेश फर्काएको बताए । कन्फरेन्समा छिमेकी नागरिकहरुलाई पनि स्वदेश फर्काएको बताए। उनले भने, ‘विदेशमा रहेका हाम्रा मोबाइल टोली कोरोना भाइरसको संक्रमण रोक्न खटिएका छन्। हाम्रो प्रयासका बावजुद यो प्रकोपले कुन धारण गर्छ भन्ने हामीलाई थाहा छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्