स्वास्थ्य शिविर सम्पन्न

health camp
लाेकपाटी न्यूज

नारायण विश्वकर्मा/स्याङ्जा, १९ मंसिर । स्याङ्जाको गल्याङ नगरपालिका–५, सत्य शिला आधारभूत विद्यालय स्यालबासमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

गल्याङ हस्पिटल प्रा.लि को आयोजनामा, डक्स अन ह्विलको प्राविधिक सहयोगमा तथा गल्याङ नगरपालिका वडा नम्बर पाँचको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर पाँचका अध्यक्ष विष्णु क्षेत्रीले मानव जीवनको महत्वपूर्ण पाटो स्वास्थ्य भएको भन्दै स्वास्थ्यको पहुँचबाट टाढा भएका आमजनताका लागि निशुल्क शिविर सञ्चालन गर्नु निक्कै गौरवको विषय भएको बताए ।

क्षेत्रीले गल्याङ नगरपालिकाको दुर्गम तथा विकट क्षेत्रमा शिविर सञ्चालन गर्दा सयौँ जनताको पैसासँग समयको पनि बचत भएको बताए । उनले गल्याङ हस्पिटल प्रा.लि जनताकै लागि संचालनमा आएको आफूले अनुभूती गरेको भन्दै त्यहाँबाट सेवा लिन सबैलाई अनुरोध गरे ।

कार्यक्रममा गल्याङ हस्पिटल प्रा.लिका सञ्चालक समितिका अध्यक्ष लोकेन्द्र थापाले आफ्नो संस्था जनताको पिरमर्काबाट कहिल्यै पनि विमुख नहुने दावी गर्दै निरन्तर जनताको स्वास्थ्यमा चासो राखिरहने बताए ।

शिविरमा गल्याङ नगरपालिका अन्तर्गत स्यालबास, सल्यान, खोलाखर्क, चितुङ, जोगिमारा, सेतिवेणी, जोलुको पर्वतको विहादी गाउँपालिका शालिग्राम लगायतका स्थानबाट सेवा लिन सर्वसाधारणहरु उपस्थित भएका थिए ।

शिविरमा मानसिक रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, नसा तथा हाडजोर्नी विशेषज्ञ लगाएतका प्राधिकहरुको समूहले बिरामीहरु परीक्षण तथा उपचार गरेका थिए ।