प्रेग्नेन्सीबारे के भन्छिन् अनुष्का ?

Virat-Anushka
लाेकपाटी न्यूज

एजेन्सी । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले अभिनेत्री अनुष्का शर्मासँग बिहे गरेको एक वर्ष हुन लाग्यो । यसबीचमा मिडियामा खबर आइरहेको छ कि विराट-अनुष्का चाँडै बाआमा बन्दैछन् । केही दिनयता सामाजिक सञ्जालमा अनुष्काको केही फोटो भाइरल भइरहेको थियो । जसपछि यो अनुमान लगाइएको छ कि अनुष्का प्रेग्नेन्ट छिन् ।

उता अनुष्काले भने आफ्नो प्रेग्नेन्सीबारे बोलेकी छन् । उनले आफ्नो आगामी फिल्म ‘जिरो’को प्रमोशनको क्रममा आफू आफू प्रेग्नेन्ट नभएको बताएकी हुन् । उनले भनिन्, ‘मलाई थाहा नै नभएको खबर कहाँबाट आयो । यो सबै झुटो कुरा हो । सबैभन्दा ठूलो तथ्य यो हो कि तपाई विवाह लुकाउन सक्नुहुन्छ तर प्रेग्नेन्सी सक्नुहुन्न ।’ अनुष्काले थपिन्, ‘यस्ता खबर अरु अभिनेत्रीहरुले पनि सामना गर्नुपरेको छ । तर, मेरो लागि अफवाहले कुनै अर्थ राख्दैन । आजकाल म लगातार काम गरिरहेको छु । त्यसैले अरु कुनै योजना बनाएको छैन ।’

स्मरण रहोस् शाहरुख खान, अनुष्का शर्मा र कट्रिना कैफ अभिनीत फिल्म ‘जिरो’ २१ डिसेम्बरमा रिलिज हुँदैछ ।