उत्कृष्ट स्वयंसेविकालाई चौतारा नगरपालिकाको सम्मान

januka parajuli
लाेकपाटी न्यूज

काठमाडौं, १९ मङ्सिर । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले उत्कृष्ट महिला स्वयंसेविकालाई सम्मान गरेको छ ।

बुधबार महिला स्वयंसेविका दिवसको अवसर पारेर नगरपालिकाले सम्मान कार्यक्रमको आयोजना गरेको हो । सम्मानपूर्व स्वयंसेविकाहरुले प्रभातफेरि कार्यक्रम गरेका थिए ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रमा रचनात्मक र लगानशील भएर काम गर्ने स्वयंसेविकाहरुलाई सम्मान गरेको हो । ‘स्थानीय तहको स्वास्थ्य सेवालाई मर्यादित बनाउन सम्मानको कार्यक्रम आयोजना गरेका हौं । यसले रचनात्मक सेवा गर्ने स्वयंसेविकाहरुलाई उर्जा थप्नेछ’ उपमेयर जानुका पराजुलीले भनिन् ।

नगरपालिकाले दोहोरो सुविधा लिँदै आएका स्वयंसेविकाहरुलाई हटाएको हो । शिक्षिकाहरु पनि स्वयंसेविकाको रुपमा काम गरिरहेकोमा नगरपालिकाले त्यस्ता स्वयंसेविका हटाएर नयाँलाई अवसर दिएको पराजुलीले जानकारी दिइन् ।