टुँडिखेलमा किन बनाइयो प्लाष्टिकबाट मृत सागरको नक्सा ?

Plastic
लाेकपाटी न्यूज

काठमाडौं, १९ मंसिर । राजधानीको टुँडिखेलमा फालिएका प्लाष्टिक संकलन गरेर समुद्र (मृत सागर) को नक्सा बनाइएको छ । गिनिज बुकमा नाम लेखाउन प्लाष्टिक संकलन गरिएको हो ।

आयोजकका अनुसार विभिन्न स्थानबाट संकलन गरिएका करिब एक लाख प्लाष्टिबाट उक्त नक्सा तयार पारिएको हो । मृत सागरमा प्रदुषण बढिरहेको र त्यसको नियन्त्रणलाई दबाब दिने हेतुले यस प्रकारको अभियान चलाइएको बताइएको छ । यसअघि लगभग ६८ हजार प्लाष्टिक संकलन यस्तो नक्सा बनाइएको थियो ।

गिनिज बुक अफ रेकर्डको कार्यालयले आवश्यक छानबिन गरेर यसबारे आधिकारिक निर्णय गर्ने बताइएको छ ।

अभियान वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय, विश्व वन्यजन्तु कोष र स्टिम फाउन्डेसन नेपाल मिलेर चलाएका हुन् ।