समवेदनाका लागि मृतकका घरमा सभामूख

krishna bahadur mahara
लाेकपाटी न्यूज

घोराही । संघीय संसद्का सभामुख कृष्णबहादुर महरा दाङ पुगेका छन् । दाङ पुगेलगत्तै उनले घोराही उपमहानगरपालिका वडा नं १० मा पुगेर जनप्रतिनिधि तथा जनतासँग विकास निर्माणको बारेमा भलाकुसारी गरेका छन् ।

दिउसो करिब २ बजे दाङ आएपुगेका महरा दिनभर जसो जनताको दुःखमा सहानुभूति दिन पुगे । उनले घोराहीका विभिन्न तीन ठाउँमा दुःखमा परेका परिवारहरुलाई भेटेका छन् ।

उनी सबैभन्दा पहिले घोराही वडा नं १६ का वडा अध्यक्ष स्व. लक्षिन बुढाको घरमा पुगे । त्यहाँ पुगेर उनले बुढाका परिवारजनहरुलाई समवेदना प्रकट परे । वडा अध्यक्ष बुढासँग आफ्नो घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै यस क्षेत्रको विकासमा उनको भूमिका उल्लेखनिय भएको बताए ।

त्यसपछि महरा केही दिन पहिले कृतिम जलाशयमा पुगेर निधन भएका घोराही– १५ का १८ वर्षिय लक्ष्मण विसीको घरमा पुगे । उनले त्यहाँ पुगेर विसीका परिवारहरुलाई समवेदना दिए ।

त्यस लगत्तै उनी सोही ठाउँ घर भएका स्व. बशीर अहमद सिद्धीकीको घरमा पुगे । घोराही नगर विकास समितिका पूर्व अध्यक्ष सिद्धीको केही दिन पहिले ६२ वर्षको उमेरमा निधन भएको थियो ।