मलाई सरकारले मार्न खोज्यो : प्रकाण्ड

prakanda-1
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफुलाई बर्तमान सरकारले हत्या गर्न खोजेको दाबी गरेका छन् ।

आज कालिकोटको सदरमुकाम मान्मामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रकाण्डले आफूलाई पक्राउ गरेका बेला हत्याको प्रयास गरेको बताएका हुन् ।

आफुलाई बर्तमान सरकारले रातारात पक्राउ गरेको र हत्या गर्ने योजना बनाएको तर जनताको दबावका कारणले नसकेको प्रकाण्डको भनाई थियो ।

उनले बर्तमान सरकार कम्युनिष्टको सरकार नभएको टिप्पणी गर्दै भ्रममा नपर्न समेत आग्रह गरे। प्रकाण्डलाई कालिकोटका सहिद परिवारहरुले ५० किलोको फूलमाला लगाएर सम्मान गरेका थिए ।