यी अनैतिक विद्वानहरु !

sexy writer
लाेकपाटी न्यूज

एरिक जेकब्स किङसले महान् अंग्रेजी विद्वान् थिए । उनी प्रतिभाशाली रहे पनि महिलाप्रति भने इमान्दार रहेनन् । चालीस वर्षभन्दा लामो अवधि उनी विवेकशील सम्भोगमार्गीका रुपमा रहे, हजारौं हजार शब्दहरु सिर्जना गर्दै । उनका औंला आफ्नो थोत्रो टाइपराइटर मेसिनमा कुद्न र गिलास समाउन उत्तिकै माहिर थिए । उनी ह्विस्की पानी मिसाएर पिउने गर्थे ।

दोश्रो विश्वयुद्धपछि आर्मीबाट अवकाश लिएपश्चात् आफ्नो पिउने बानीका कारण उनले कुनै किसिमको मोटर चलाएनन् । आर्मीमा सेवा गरेको समयभरि उनको अक्सफोर्डको पढाइ छुट्यो, पछि उनी फर्कनेबित्तिकै फेरि अक्सफोर्ड प्रवेश गरेर साम्यवादी विचारतिर झुकाव राख्ने थाले । तर, उनको यस्तो राजनीतिक संलग्नताका पछाडि उनको स्वार्थ प्रमुख कारण रहेको उनका साथीहरुको हावी थियो– “किङसले त्यतिबेला बीस वर्षका थिए, केटीसँग सुत्न र कुमारित्व गुमाउन व्यग्र थिए ।” उनले यस अनुभव अलिपछि लेखेका एउटा उपन्यास सिंगार्न प्रयोग गरे ।

वास्तवमा उनलाई काँचो मासुको स्वाद चखाउने महिला आफैं पनि यसबाट प्रशस्त आनन्द उठाउन चाहन्थिन्, तसर्थ उनले लेखकलाई एउटा यौन पुस्तिकाको अध्ययन गर्न भनेकी थिइन्, उनीहरुले फोहोरी काम गर्नुअघि । उनले आफ्नो पुस्तक ‘तिमीले दुवै गर्न सक्दैनौ’ मा अग्रणी पात्रहरुलाई ठ्याक्कै त्यही अनुभव भएको उल्लेख गरेका छन् । त्यस पुस्तकमा यौनसम्पर्क अगाडिका क्रियाकलाप, अनैतिकता तथा यौन पुस्तकबाट सिकेका पुरुषले आइमाइका विभिन्न आवश्यकता बुझ्नुपर्ने अध्यायहरु छन् । तथापि, ती प्रेमीहरुको यौनसम्पर्क चाहिँ झण्डै–झण्डै बलात्कारजस्तै हुन्छ ।

त्यसमा लेखकले उल्लेख नगरेको आफ्नो एउटै अनुभव उनको औषधी पसलसम्म गर्भनिरोधका साधन किन्न जाने हिम्मत गर्न नसकेको घटना थियो । यसो गर्न उनलाई यति लाज लागेको थियो कि उनले त्यसका लागि आफ्ना साथी र अक्सफोर्डकै विद्यार्थी जर्ज ब्लन्डेनको सहयोग मागेका थिए । जब ब्लन्डेन पछि सर जर्ज हुँदै ब्याड्ढ अफ् इङ्गल्याण्डका सहायक गभर्नर भए, जर्ज र एमिस दुवै यो कथा रमाइलो मानी–मानी भन्ने गर्थे ।

यौनक्रीडा गरिसकेपछि एमिसको यौनशक्ति अझ विकसित भयो, र उनी धेरै विवाहित र अविवाहित आइमाइहरुसँग सुते । ती धेरै अनुभवहरुलाई उनले आफ्ना पछिल्ला उपन्यासहरुमा उल्लेख गरेका छन् । उनलाई विद्यार्थी जीवनमा चिनेकाहरुलाई थाहा थियो । उनको उपन्यास ‘भाग्यमानी जिम’ आफैंमाथिको व्यंग्य थियो, जुन पुस्तकका कम महङ्खवपूर्ण पात्रहरु पनि लेखकजस्तै व्यवहार गर्छन् । पछि उपन्यासमा आधारित चलचित्र भन्ने धेरै सफल भयो, र लेखकले लामो समयसम्म ख्याति कमाए ।

उनको समयमा विश्वविद्यालयमा पढ्ने आइमाई निकै कम थिए, त्यसरी जानेहरुमा धेरैजसो तालिम लिइरहेका नर्स र कार्यालय सचिवहरु हुने गर्थे । तसर्थ अक्सफोर्ड वरिपरि निकै मौलाएका विद्यालयमा अध्ययन गर्ने ११,००० पुरुषहरु महिलासँग भेट गर्न एउटै उपाय अपनाउँथे । उनीहरु एलिस्टन र क्याभेलका चिया पसल जान्थे, जहाँ नचिनेका व्यक्तिसँग नाम र ठेगाना साट्नु सामान्य मानिन्थ्यो । आर्ट कलेजमा पढ्ने एउटी अति हिलारी बाड्र्वेलले एकदिन चिया पसलमा तीनवटा सन्देशहरु पाइन् । ती तीनबाट उनले किङ्सलेको चाहिँ छनौट गरिन्, जसबाट उनको जिन्दगीको स्वरुप नै बदलियो ।

हिलारीलाई फकाउन एमिसलाई चार महिना लाग्यो, र बिहे गर्र्न दुई वर्ष । त्यतिबेला उनी गर्भवती भइसकेकी थिइन् । एक वर्ष नबित्दै समलिङ्गी जवान् श्रीमतीले श्रीमानको व्याभिचार थाम्नै नसक्ने गरी बढेको उनका डायरीबाट थाहा पाउँथिन् । तथापि उनीहरुको विवाह पन्ध्र वर्षसम्म कायम रह्यो । आफ्नो लेखनीलाई बढावा दिन एमिसले स्वान्सिया, क्याम्ब्रिज, प्रिन्सटन र न्यासभिली जस्ता कलेजमा लेक्चरर भएर काम गरे, र ती कजेलबाट आउने हरेक किसिमका अवसरको उनले पूर्ण सदुपयोग गरे ।

सन् १९५० को दशकको अन्त्यतिर उनी आफ्ना साथी रोबर्ट कन्क्वेस्टको फ्लाट सापटी लिएर आफैं पनि अमेरिकी कवि र जोकर भएकोले एमिसलाई ‘भाग्यमानी स्वाँठ’ भन्ने सन्देश छोडेर फ्ल्याटबाट निस्कन्थे । यो प्रसङ्ग राखेर एमिसले कविता नै लेखेपछि उनले भाग्यमानी स्वाँठ टेप रेकर्डरमा रेकर्ड गरेर छोड्ने गर्थे ताकि एमिस फ्ल्याट छिरेर बत्ती बाल्नेबित्तिकै ठूलो स्वरमा ‘भाग्यमानी स्वाँठ’ बज्ने गथ्र्यो । अमेरिकामा एकजना मानिसको घरमा सप्ताहन्तको भोजमा जाँदा एमिसले रक्सीको प्रभावमा आफ्नी श्रीमती छोडेर अर्को पाहुनासँग सुतेका थिए ।

भोलिपल्ट बिहान दिउँसोपछि ब्रेकफास्ट खाँदा कुनचाहिँ पाहुनासँग सुतेको उनलाई पत्तो भएन । आफ्नी श्रीमतीसँगै स्वान्तसियामा गएको एउटा डिनर पार्टीमा उनले पार्टीको आयोजकलाई सुताएर तेश्रो महिलासँग पनि कुरा मिलाए । तर, ती महिला चाहिँ पुरुषलाई यातना दिएर यौन आनन्द लिने स्वभाव भएकी परिछन् । ‘उनले धेरै पिटिन्’ भनेर पछि एमिसले स्वीकारेका थिए ।

श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि उनले लेखकसँग विवाह गरे, एलिजावेथ जेन होवार्डसँग । तर, उनीप्रति पनि समर्पित रहेनन् । एमिसलाई मन लाग्ने जो कोही आइमाई देख्नासाथ उनी त्यतै सल्किहाल्थे । यसबाट उनका पुस्तकलाई झन् बढी सामग्री मिल्यो । ५६ वर्षको उमेरमा उनी यौनक्रीडा गर्न नसक्ने भए र डाक्टरको सल्लाहमा यौनसम्पर्कमा भाग लिन छाडे । तथापि, उनी पूरै निराश भएनन् । ‘ज्याक्स् थिङ’ भन्ने किताबमा उनले त्यसपछि पनि आफ्नो लिङ्ग राति कतिचोटि उत्तेजित हुन्छ भनेर नाप्ने गरेको बताएका छन् ।

दोश्रो विवाह पनि पन्ध्र वर्ष नै टिक्यो । संयोग पनि एउटा समारोहमा यौनसम्बन्धमा प्रवचन दिन दुवैले पहिलोचोटि भेटेका थिए । एलिजावेथले उनलाई छोडिसकेपछि उनले फेरि एमिसलाई प्रेम नभए पनि दया गरिन् र आफ्ना नयाँ श्रीमानलाई लिएर लण्डनको घरमा उनीसँग बस्न लागिन् । त्यही घरमा ७४ वर्षको उमेरमा मृत्यु नहुञ्जेल एमिसले साहित्य सिर्जना गरिरहे ।