प्रियंका-निकको चुम्बनले हंगामा

लाेकपाटी न्यूज

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको विवाहको फोटो धमाधम बाहिर आइरहेका छन् । उनीहरुको यस्ता केही फोटोहरु आइरहेका छन् कि जसमा उनीहरुको चुम्बन पनि प्रस्टै देखिन्छ ।

priyanka_nick

यो उनीहरुको क्रिश्चियन रिवाजअनुसार एकअर्कालाई पति-पत्नी स्वीकार गरेपछिको पहिलो किस थियो । यस संस्कृतिअनुसार विवाह गरे एकअर्कालाई किस गर्नैपर्ने हुन्छ । स्मरण रहोस् उनीहरुको क्रिश्चियन वेडिङ १ डिसेम्बरमा जोधपुरमा भएको थियो । त्यस्तै निक-प्रियंका हिन्दु रिवाजअनुसार पनि विवाह गरेका थिए । जुन डिसेम्बर २ मा सम्पन्न भएको थियो ।

उनीहरुको चुम्बनले यतिबेला सामाजिक सञ्जाल तातेको छ । फ्यानहरुले मन पराएका छन् । अझ भनौं सामाजिक सञ्जालमा हंगामा नै मच्चिएको छ ।

प्रियंका चोपडा र निक जोनस २९ नोभेम्बरमा मुम्बईबाट जोधपुर गएका थिए । जोधपुरमा उनीहरुको चारदिनसम्म बिहेको कार्यक्रम चलेको थियो । र, उनीहरु ३ डिसेम्बरमा दिल्ली गएका थिए । त्यस्तै ४ डिसेम्बरमा उनीहरुले दिल्लीमा रिसेप्शन दिएका थिए । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रियंका-निकलाई बधाई दिएका थिए । उनीहरु ५ डिसेम्बरमा दिल्लीबाट मुम्बई उडेका थिए ।

priyanka_nick1