उर्जा सचिवले किन दिए राजीनामा ?

anup upadhyay
लाेकपाटी न्यूज

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले राजिनामा दिएका छन् । फागुन अन्तिममा अनिवार्य अवकास हुन लागेका उपाध्याय २०७० चैत २ गते सचिवमा बढुवा भएका थिए ।

उपाध्याय विद्युत नियमन आयोगको अध्यक्ष बन्ने सम्भावना रहेकाले पदबाट राजीनामा दिएको स्रोतले बताएको छ। उनले मूख्य सचिव लोकदर्शन रेग्मीलाई राजीनामा बुझाएका छन् । राजीनामा मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्नुपर्छ। उनले चार दिनअघि राजीनामा गरेको मन्त्रालय स्रोतले बतायो ।

उपाध्याय लामो समयदेखि ऊर्जा मन्त्रालयमा सचिव थिए । लोडसेडिङ हटाउने अभियानमा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगै उनको पनि महत्वपूर्ण भूमिका थियो ।

उपाध्याय सञ्चालक समितिको अध्यक्षमा रुपमा रहेर प्राधिकरणलाई नाफामा लैजान र उचित तबरले व्यवस्थापन गर्न सफल भएका थिए ।