वैद्यनिकट पत्रकारको प्रादेशिक भेला

gopal gc
लाेकपाटी न्यूज

पोखरा । क्रान्तिकारी पत्रकार महासंघ गण्डकी प्रदेशको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भेलामा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउत, नेकपा क्रान्तिकारी माओवादीका पोलिट्ब्यूरो सदस्य एवं प्रदेश सेक्रेटरी श्रीनाथ अधिकारी, पोलिटब्यूरो सदस्य एवं देशभक्त जनतान्त्रिक मोर्चाका प्रदेश संयोजक केश बहादुर परियार उपस्थित थिए ।

भेलामा क्रान्तिकारी माओवादीका युवा नेता नारायण अधिकारी ‘निश्छल’, सचिव रामकुमार श्रेष्ठ, केन्द्रीय कार्यालयका सदस्य लोकराज जैशी लगायत थिए । भेलाले सात सदस्यीय प्रदेश समिति चयन गरेको छ ।

समितिको अध्यक्षमा गोपाल जिसी र सदस्यहरुमा सुजय तिवारी, राजेन्द्र सुवेदी, निर्मल पौडेल, शोभा जिसी, सुमन विश्वकर्मा रहेका छन् ।