‘सालको पात’लाई एक करोड (भिडियो)

Basanta Thapa
लाेकपाटी न्यूज

काठमाडौं । लोक दोहोरी भनेपछि नाक खुम्च्याउने पछिल्लो पुस्ताका लागि गतिलो झाप्पड हो- सालको पात टपरी हुनी । गीतको लोकप्रियता मापन गर्ने मुख्य आधार भनेको जनजिब्रोमा कत्तिको झुण्डियो भन्ने हो । यो गीतलाई शहरदेखि गाउँसम्मका मानिसहरुले एकदमै रुचाए ।

कुलेन्द्र बिक र विष्णु माझीको स्वर रहेको यस गीतलाई लय भने बसन्त थापाले दिएका हुन् । गीतलाई नवराज पन्तले लेखेका हुन् । हालै मात्र यस गीतले युट्युबमा एक करोड भ्युज पाएको छ । यसको अर्थ हो यस गीतलाई एक करोड पटक हेरिएको छ ।

गीतको म्युजिक भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्माले खिचेका हुन् । गीतमा मरिष्का पोखरेल, कुलेन्द्र विश्वकर्मा र बसन्त थापालाई देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस् :