कांग्रेसले ३० वर्ष बिगारेको देश ८ महिनामा बन्छ ? : प्रधानमन्त्री ओली

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडाैं, मङि्सर : प्रधानमन्त्री केपी ओलीले मुलुक विकासको बाटोमा अघि बढेको देख्न नचाहने शक्तिले ‘कू’ प्रचार गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले विकासको बाटोमा देश अगाडि बढ्न थालेकोले केही चिन्तित छन्, कुप्रचारको सिंङ जुधाँउनेहरु आफै रगतपच्छे हुन्छन् ।’ उनले परिर्वतन नरुचाउनेले ‘जनतालाई माया गर्ने र स्पष्ट दृष्टिकोण भएको सरकार’ विरुद्ध भ्रमात्मक प्रचारबाजी भएको भन्दै आक्रोश पोखे ।

प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकालाई फोहरको डंगुर र धुलाको थुप्रो बनाएर छाड्नेहरुले नै आफूलाई के गरिस् भनेर सोध्ने गरेको भन्दै व्यंग्य गरे ।

उनले कांग्रेसप्रति लक्षित गर्दै भने, ‘कमसेकम ३० वर्ष सरकार चलाएकाहरु, सरकार चलाएर काठमाडौंलाई फोहेरको डुंगुर र धुलाको थुप्रो बनाएर सास फेर्न नसक्ने बनाएर छाड्नेहरु अहिले उफ्रि उफ्रिकन सोध्छन् ८ महिनामा के गर्‍यौँ ?’