‘प्रगतिशील प्यानलको जीत निश्चित छ’ : प्रत्यासी गिरी

Omprakash giri
लाेकपाटी न्यूज

पोखरा, २१ मङ्सिर । नेपाल इन्जिनियर्स एशोसिएसनको चुनावी माहोल तातेको छ । गण्डकी प्रदेशको नेतृत्व गर्दै सभापतिको पदमा इञ्जिनियर बाबुराम भण्डारी मैदानमा उभिएका छन् । उपसभापतिको पदमा इञ्जिनियर ध्रुवराज भट्टराई उठेका छन् भने सचिव पदमा ई. दीपक थापा छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसनको हुन गइरहेको निर्वाचनमा गण्डकी प्रदेशको तर्फबाट केन्द्रीय कार्यकारिणी सदस्यमा इञ्जिनियर ओम प्रकाश गिरी उठेका छन् । उनी पोखरा विश्वविद्यालयका उपप्रध्यापक हुन् । बिगतमा इञ्जिनियरिङ एशोसियएनमा सचिवको भूमिकामा रहेर काम गरिसकेका गिरी इन्जिनियरहरु आफै ‘इन्टरप्रिनियरसिप’ बन्नुपर्छ भन्ने धारणा राख्छन् ।

त्यसका लागि ‘इञ्जिनियर्स हाइड्रो इञ्जिनियर्स’को लगानीमा स्थापना गर्ने, नेपाल इञ्जिनियरिङ एशोसिएसनको प्रादेशिक कार्यालय स्थापना गरी इन्जिनियरहरुका समस्याहरू समाधान गर्दै सम्पूर्ण इञ्जिनियर्सले अपनत्व लिने संस्था बनाउने एजेण्डा उनले अघि सारेका छन् ।

उनी त्रिभूवन विश्वविद्यालय तथा पोखरा विश्वविद्यालयसँग समन्वय गरी इञ्जिनियर्स छात्रवृति उपलब्ध गराउने कार्ययोजनाका साथ अघि बढिरहेका छन् । नेपाल इञ्जिनियर्स एशोसिएसनमा आवद्ध इञ्जिनियरहरुलाई बीमाको व्यवस्था गर्ने गिरीको कार्ययोजना छ । शान्त र भद्र स्वाभावका ओम प्रकाश गिरी लगायतको टिमलाई अत्यधिक इञ्जिनियरहरुको साथ रहेको छ ।engineers pannel

एशोसिएसनलाई सबै इन्जिनियरहरुले गौरभ गर्न लायक संस्था बनाउन गिरीले आफ्नो प्रतिवद्धता जाहेर गरेका छन् । केन्द्रीय कार्यकारिणी सदस्यका प्रत्यासी गिरी भन्छन्, ‘हामीले संस्थागत र पेशागत हकहिकका महत्वपूर्ण मुद्धा उठाएका छौं । हाम्रो साथमा अत्यधिक इञ्जिनियरहरु हुनुहुन्छ, तसर्थ हामी ढुक्कले जित्छौं ।’

निर्वाचनमा ‘प्रोग्रेसिभ इञ्जिनियर्स एशोसिएसन नेपालको तर्फबाट केन्द्रीय अध्यक्षको प्रत्यासी त्रिरत्न बज्राचार्य छन् । प्रदेश अध्यक्षको प्रत्यासीमा बाबुराम भण्डारी छन् । यो समूह सत्ताधारी नेकपानिकट छ ।

नेकपानिकटका भातृ संस्थाहरुको एकता भएको छैन । तर, इञ्जिनियरहरुको एकता प्रक्रिया भने दुई महिना अघि नै सम्पन्न भएको छ । यसले पनि प्रगतिशील इञ्जिनियरहरु आफूहरुले जित्नेमा विश्वस्त देखिन्छन् ।