सिके राउत जेल चलान

Ck raut
लाेकपाटी न्यूज

रौतहट- स्वतन्त्र मधेस गठबन्धनका प्रमुख डा सिके राउतलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । मधेसलाई टुक्राएर अलग राज्य बनाउने अभियानमा हिडिरहेका डा सिके राउतलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

गत असोज २१ गते रौतहटबाट पक्राउ परेका राउतलाई बिहीबार जिल्ला अदालत गौरले सांगठनिक अपराध गरेको आरोपमा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले उनलाई कारागारमा राख्न आदेश दिएको हो । यसअघि राउतका आफन्तले दिएको बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

विखण्डनकारी गतिविधि गरेको आरोपमा राउत विभिन्न समयमा पक्राउ पर्दै छुट्दै आएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्