घट्यो सुनको भाउ, कतिले हुँदैछ कारोबार ?

Gold
लाेकपाटी न्यूज

काठमाडौं, २१ मंसिर । शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ यथावत रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ५८ हजार २ सयमा किनबेच भइरहेको छ ।

आज चाँदी ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।