प्रधानमन्त्री ओली आत्तिए : नेता सिंह

Prakashman singh
लाेकपाटी न्यूज

काठमाडौं, २१ मंसिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओली पूर्णरुपमा असफल भएको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बोल्दै नेता सिंहले भने, ‘आफू काम केही गर्न नसकेर बुद्धिजीवीहरुप्रति गरेको टिप्पणीलाई प्रधानमन्त्री ओली आत्तिएको रुपमा बुझ्नुपर्छ ।’ सरकारकाे कामका बारे सतारुढ दलका नेताहरुका अभिव्यक्तिबाट यो सरकारबाट केही पार लाग्दैन भन्ने निष्कर्ष आइसकेकाले सरकार कति बलियो छ भन्ने स्पष्ट भएको उनले बताए ।

नेता सिंहले एकातिर सरकार कता छ भनिरहेकाे छ भने अर्कोतिर तिरप्रतिपक्षीले के गर्‍यो भन्ने आवाज उठिरहेकोले आफूहरुले पनि प्रभावकारी भूमिका खेल्न नसकेको स्वीकारे । उनले अबका दिनमा सरकारका नराम्रा कामको शसक्त खबरदारी गर्न समेत आह्वान गरे ।

उनले सरकार जनजीवन अस्तव्यस्त बनाउँदा अब राजनीतिक पार्टीका संगठनहरु टुलुटुलु हेरेर नबसी सशक्त प्रतिवादमा उत्रन कार्यकर्तालाई निर्देशन दिए ।