अनुभव : पोर्न हेर्दा रुने सनी लियोनी कसरी बनिन् स्टार ?

Sunny Leone02
लाेकपाटी न्यूज

काठमाडौं । सनी लियोनी बलिउडमा परिचित नाम हो । उनको विश्वभर नै फ्यान फलोअर्स छन् । कारण- पूर्व पोर्नस्टार । उनी अहिले अभिनयमा रमाइरहेकी छन् । उनी पोर्नस्टार हुँदै बलिउडमा स्थापित भएकी हुन् । उनलाई पहिलोपटक अश्लील फिल्म हेर्दा निकै फोहोरी लाग्यो रे । उनले यस कुरा एक अंग्रेजी इन्टरटेन्मेन्ट वेभसाइटलाई दिएको अन्तर्वार्ताको क्रममा भनेकी हुन् । सनीले आफ्नो अनुभव बाँड्दै भनिन्, ‘जब तपाई बच्चा हुनुहुन्थ्यो नि त्यसबेला तपाईलाई थाहा हुन्न कि ठूलो भएपछि के बन्नुहुन्छ ?’ ८-१० वर्षको उमेरमा कुनै पनि चिज देख्नु फरक हुन्छ । जुन तपाई ठूलो भएपछि देख्नुहुन्छ । त्यसबेलासम्म तपाईको नजरमा पूरै फेरिन्छ ।’

‘पोर्नमा जानेबारे सोचेकी थिइनँ’

सनीले थपिन्, ‘जब मैले पहिलोपटक पोर्न फिल्म हेरेँ त्यसबेला मलाई निकै घिन लाग्यो । मैले कहिल्यै पनि सोचेकी थिइनँ कि म त्यसै क्षेत्रमा जान्छु भनेर । जसलाई लिएर म १० वर्षको उमेरसम्म पनि भन्ने गर्थेँ कि हे भगवान यो त निकै फोहोरी कुरा हो ।’

पोर्न हेरेपछि रुन्थिन् सनी

सनी लियोनीले आफ्नो बायोपिक ‘करनजीत कौर-द अनटोल्ड स्टोरी अफ सनी लियोनी’मा खुलासा गरेकी थिइन् कि जब उनले पहिलोपटक पोर्न फिल्म हेर्दा गुरु नानकको फोटो अगाडि बसेर निकैबेर रोएकी थिइन् । किनकी सनीलाई लागेको थियो, ‘मबाट ठूलो गल्ती भयो ।’ त्यसपछि उनले गुरु नानकको फोटोलाई हात जोडेर नमस्कार गर्दै माफी मागिन् । ‘बाबाजी मबाट गल्ती भयो’ सनीले भन्दै माफीसमेत मागेकी थिइन् ।

१९ वर्षको उमेरमा सनीले खेलिन् पहिलो पोर्न फिल्म

सनीले १९ वर्षको उमेरमा पोर्न उद्योगमा डेब्यू गरिन् । उनी आफ्नै इच्छाले पोर्न फिल्ममा काम गर्न थालेकी हुन् । यसबारेमा सनीले अभिभावकलाई भन्दा उनीहरुले राम्रो मानेका थिएनन् । अन्तर्वार्ताका क्रममा सनीले भनिन्, ‘मैले परिवारको अनुमतिबिना पोर्न क्षेत्रमा हाम फालेकी थिएँ । मेरो लागि यो व्यवसाय थियो । यद्यपी जब मैले ‘पेन्टहाउस’ नाम गरेको चर्चित म्यागेजिनको कभर अफ दि इयर र एक लाख डलर जितेँ, त्यो पनि मैले परिवारलाई जानकारी गराएँ । यसमा पनि अरु सामान्य परिवार जस्तै दुखी नै भए । त्यसपछि मैले जीवनमा के गर्नुहुन्छ के गर्नुहुन्न भन्नेबारे निर्णय लिइसकेको छु भनेँ । र, उनीहरु मेरो कुरामा राजी भए ।’

सन् २००३ मा उनले विविड इन्टरटेन्मेन्टसँग तीन वर्षको सम्झौता गरिन् र त्यतै जमिन् । सनीले धेरै पोर्न फिल्ममा काम गरिन् । बताइएअनुसार उनले ४१ एडल्ट फिल्ममा अभिनेत्रीको भूमिका निर्वाह गरेकी छन् भने २५ फिल्ममा निर्देशकको भूमिका निभाएकी छन् । सन् २०११ मा ‘बिग बोस ५’मा सहभागी भएपछि उनले बलिउडसँग गाँसेकी थिइन् ।