डन लिम्बुमाथि प्रहरीले गोली चलायो

Don Limbu
लाेकपाटी न्यूज

काठमाडौं, २१ मंसिर । राजधानी लगायत मुलुकका विभिन्न भागमा गुण्डागर्दी र लुटपाटमा संलग्न डन राजन लिम्बुमाथि प्रहरीले एक्सन लिएको छ । प्रहरीसँगको झडपमा लिम्बु घाइते भएका छन् ।

विशेष सूचनाका आधारमा पक्राउ गर्न खटिएको टोलीमाथि आक्रमण गरेपछि प्रहरीले लिम्बुको खुट्टामा गोली प्रहार गरेको हो । उनको दुवै खट्टामा गोली लागेको बताइएको छ । अपराध महाशाखाका अनुसार धोबीखोला करिडोरअन्तर्गत रातोपुलमा महाशाखाको विशेष टोलीसँगको मुठभेडमा लिम्बु घाइते भएका हुन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहका अनसार काठमाडौंका रातोपुलमा लिम्बुले पक्राउ गर्न गएका प्रहरीमाथि उल्टै आक्रमण गरेपछि जवाफी कारवाहीमा उनको खुट्टामा गोली लागेको हो । लिम्बुमाथि दर्जनौं डकैती र लुटपाटमा अभियोग रहेको छ ।