सापकोटाको म्यूजिक भिडियो : चितवनको परिवेश, देशलाई सन्देश

chitwan music video
लाेकपाटी न्यूज

काठमाडौं । संगीतकार तथा गायक चेतन सापकोटाको प्रस्तुतिमा रहेको ‘एक भई जुटौ नेपाली हो’ बोलको गीत सार्वजनिक भएको छ ।

जेनु बस्नेतको शब्द रचना रहेको गीतमा संगीतकार चेतन सपकोटाको संगीत तथा गायक प्रमोद खरेलको स्वर रहेको छ । गीतमा संगीत संयोजन भने दिनेश सुनामको रहेको छ । चितवनको पर्यटकीय स्थलहरु बीसहजारी ताल, उपरदांगढी, सानुगढी, पटियानी थारु बस्ती लगायत विभिन्न रमणीय स्थलमा छायाङ्कन भएको उक्त म्युजिक भिडियोमा चितवनलाई विकास निर्माण र समृद्धिको नमूना शहरका रुपमा देखाइएको छ ।

भरतपुर, पटिहानी र उपरदाङगढीमा छायाङ्कन गरिएको गीतमा भरतपुर महानगरपालिकाले गरेको बिभिन्न सामाजिक गतिविधिलाई देखाइएको छ भने गीतको माध्यमबाट सबै नेपालीलाई एक भई विकासको कार्यमा अगाडि बढ्न आग्रह गरिएको छ । टेकेन्द्र शाहको सम्पादन, बिशाल भट्टको छायाङ्कन रहेको म्यूजिक भिडियोलाई स्वयं संगीतकार सापकोटाले निर्देशन गरेका छन् ।

पछिल्लो समय भरतपूर महानगरले ६ वटा महानगरमध्ये आफूलाई उत्कृष्ट सावित गर्दै आएको छ । पूर्वाधार विकास, पर्यटन, शिक्षा, रोगजारी सिर्जना र मानव विकास सूचाकांकमा भरतपुरले उत्कृष्ट महानगरपालिकाको सम्मानसमेत प्राप्त गरेको छ ।

भिडियोमा सापकोटाले चितवनका सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुरकी मेयर रेनु दाहालले गरेको अनवरत प्रयाससमेत झल्काएका छन् । उनको भिडियोले चितवनको नमूना विकासलाई देश विकासको सन्देशका रुपमा प्रस्तुत गरेको छ ।