सिमखेत युवा क्लवको हाजिरीजवाफ

parbat edu
लाेकपाटी न्यूज

पर्वत, २२ मङ्सिर । पर्वतको शंकरपोखरीमा रहेको सिमखेत युवा क्लवले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । क्लवले शंकरपोखरीको जनसहयोगी माविमा कार्यक्रम आयोजना गरेको हो ।

हाजिरीजवाफ प्रतियोगितामा जिल्लाको फलेवास नगरपालिका दश माध्यमिक विद्यालयका विद्यार्थी सहभागी थिए । प्रतियोगितामा ग्रामोदय मावि भँगरा प्रथम, जनसहयोगी मावि शंकरपोखरी द्वितीय, अन्नपूर्ण मावि कार्कीनेटा तृतीय र भवानी विद्यापिठ खानीगाउँ चौंथो भएका छन् ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः सात हजार, पाँच हजार, तीन हाजार र पन्ध्रसय रुपैंया प्राप्त गरेका छन् । कार्यक्रममा जनसहयोगी माविका ६० जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको क्लबका अध्यक्ष सरोज खनालले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले सामाजिक गतिविधिमा क्लबले खेलेको भूमिकाको प्रशंसा गरे । कार्यक्रममा वडाध्यक्ष अर्जुन बहादुर कार्की, वडा सदस्य निर्मला रेग्मी विद्यालयका प्रअ गणेश बहादुर थापा, खड्कबहादुर कार्की, इन्द्रबहादुर कार्की, हेम अधिकारी कमल कार्की लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष सरोज खनालले सबैको साथ र सहयोगले नै क्लब अगाडि बढेको बताउदै आगामी दिनमा सामाजिक गतिविधिमा निरन्तर सक्रिय हुने बताए । कार्यक्रममा क्लबका पदाधिकारीहरु दिपेन्द्र कार्की, ईश्वर कार्की, सन्तोश पाठक लगायत उपस्थित थिए ।