श्रृङ्खलाको अन्तिम परीक्षा आज, नेपालले जित्ला ?

miss-world2018-12-04
लाेकपाटी न्यूज

प्रतियोगितामा नेपाल सुन्दरी शृंखला खतिवडाको आज अन्तिम परीक्षा छ । चीनको सान्यामा जारी मिस वर्ल्ड २०१८ को आज फाइनल राउन्ड हो । फाइनल राउन्डको बिजेता नै मिस वल्र्ड २०१८ हुनेछ । मिस वल्र्डका लागि नेपाल सुन्दरी खतिवडाले बलियो दावेदारी पेश गरिरहेकी छिन् ।

प्रतियोगितामा १२१ देशका सुन्दरीहरुले प्रतिस्पर्धा गरिरहेका थिए । अन्तिम ३० मा नेपाल सुन्दरी खतिवडा पुग्न सफल भएकी छिन् । उनी विश्व सुन्दरी हुन्छिन की हुँदैनन् त्यसको ब्यग्र प्रतिक्षा नेपालमा भइरहेको छ । कतिपय नेपालीले त्यसलाई राष्ट्रिय गौरवका रूपमा लिएका छन्, भने कतिपय परम्परागत विरोधीहरुले विरोध नै गरिरहेका छन् ।

नेपाल सुन्दरी शंखला खतिवडालाई नेतादेखि अभिनेतासम्मले हौसला प्रदान गर्दै शुभकामना दिएका छन् । अभिनेत्री केकी अधिकारीदेखि माल्भिका सुब्बासम्मले हौसला प्रदान गरेका छन् भने नेकपा नेता योगेश भट्टराईले अघिदेखि नै हौसला प्रदान गर्दै आएका छन् ।

नेकपा नेता तथा बाबु विरोध खतिवडा छोरीलाई हौसला दिन बेइजिड पुगेका छन् । कतिपय नेपालीहरुले शंखलालाई शुभकामना दिँदै उपाधी जिते पनि नजितेपनि उनले नेपालको नाम विश्वसामु राखेर नेपालीको मन जितेको भन्दै शुभकामना दिएका छन् ।

नेपालबाट धेरै सुन्दरीहरुले विश्व सुन्दरी प्रतियोगितामा भाग लिए । तर सवै पहिलो वा दोस्रो राउन्डबाटै बाहिरिए । तर शंखला फाइनल राउन्डमा पुगेपछि नेपालबाट पहिलो विश्व सुन्दरी हुन शुभकामना दिइरहेका छन् । शंखला विश्व सुन्दरी नभएपनि प्रतियोगिताको एउटा उपाधि ब्युटी विथ पर्पोज जितिसकेकी छिन् ।

यसअघि भारतकी मानुषी छिल्लर विश्व सुन्दरी भएकी थिइन । उनले आज छानिने विश्व सुन्दरीको ताज पहिराउने छिन् । त्यही ताज लिएर शंखला नेपाल आउने आशा धेरैले गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्