गुट बचाउने कि काङ्ग्रेस ? : महासचिव शाही

Bhupendrajung Shahi
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाहीले पहिला गुट जोगाउने कि कांग्रेस जोगाउने भन्ने गम्भीर भएर सोच्ने बेला आएको बताएका छन् ।

महासचिव शाहीले भने, ‘जुनसुकै बहानामा आफू र आफ्नो गुट जोगाउने बाहेक कसैले पनि पार्टी जोगाउने कुरा गरेको छैन । त्यसैले आजको खाँचो भनेको कांग्रेसमा बृहत भावनात्मक एकता र अधिकतम सहमतिमा पार्टी सञ्चालन गर्नुको विकल्प छैन् ।’

उनले पार्टीभित्र रहेको गुटप्रति आक्रोश पोख्दै भने, ‘न रह्यो बाँस न रह्यो बाँसुरी भन्या जस्तो कांग्रेस नै नरहे गुट मात्र बाँकी रहेर के अर्थ होला र ?’ उनले पार्टी गुट र उपगुटले एक दिन सबैको सर्वनास बाहेक अरु केही नहुने बताए ।

महासचिव शाहीले सबैभन्दा पहिला पार्टी बचाउनु पर्ने बताउँदै भने, ‘आउनुहोस् अब अरुको मुख नताकौ हामीबाट नै गुट होइन, पहिला पार्टी बचाउने शुभ अभियानको प्रारम्भ गरौं ।’