‘मौसमका कारण कलंकी-नागढुङ्गा सडकको काममा ढिलाई भयो’

Raghubir Mahaseth
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं, २२ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मौसमको प्रतिकुलताका कारण कलंकी-नागढुङ्गा सडक निर्माणको काममा ढिलाई भएको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक सफाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले सडक निर्माणमा भएको ढिलासुस्तीलाई ढाकछोप गरे । उनले भने, ‘काठमाडौं महानगरपालिकाका भित्री र बाहिरी दुवै सडकलाई व्यवस्थित बनाए मात्र परिणाम प्राप्त हुन्छ ।’ मन्त्री महासेठले बाहिरी सडक बनाउन आफूले सडक विभागलाई निर्देशन दिइसकेको र भित्री सडक निर्माण भने काठमाडौं महानगरपालिकाले गर्नुपर्ने बताए ।

उनले आफू काठमाडौंको सडक निर्माण गरी धुलोमुक्त पार्न कटिबद्ध रहेको उल्लेख गरे । उनले त्यसका लागि महानगरले पनि साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।

आज रत्नपार्क, लाजिम्पाट हुँदै बुढानिलकण्ठ नगरपालिकासम्म सफाई गरिएको थियो । सफाई अभियानको आयोजना वातावरण व्यवस्थान विभागले गरेको हो ।