अभिनेता गिरीद्वारा ‘करिअर प्वाइन्ट एजुकेसन’को उद्घाटन

Deepakraj Giri
लाेकपाटी न्यूज

काठमाडौं । अभिनेता दीपकराज गिरीले करिअर प्वाइन्ट एजुकेसन कन्सल्टेन्सी सर्भिसको उद्घाटन गरेका छन् ।

पुतलीसडक पद्मोदय मोडस्थीत करिअर प्वाइन्ट एजुकेसनको शुक्रबार विधिवत उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै कलाकार गिरीले २०४६ सालपछि शिक्षा र सञ्चार क्षेत्रले धेरै फड्को मारेको बताए । स्कुल लेवल पूरा गरेपछि कस्तो शिक्षा लिने र कहाँ पढ्ने भन्ने बारेमा यस्ता धेरै संस्था खुलेको बताए ।

गिरीले सबैले स्तरीय शिक्षा लिन पाउने नैसर्गिक अधिकार रहेको भन्दै करिअर प्वाइन्टको सफलताको शुभकामना दिए ।

कार्यक्रममा करिअर प्वाइन्ट नेपालका प्रबन्ध निर्देशक विशाल केसीले स्तरीय शिक्षा र अन्य परामर्शको लागि आफूहरु प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा करिअर प्वाइन्टका निर्देशक शिव दनाईले विदेश पढ्न जाने विद्यार्थीका लागि राम्रो शिक्षा र उचित परामर्श जरुरी रहेको बताए ।