समायाेजन सफ्टवेयरले गर्छ, साेर्सफाेर्सकाे कल्पना नगरौं : लालबाबु पण्डित

lalbabu pandit
लाेकपाटी न्यूज

काठमाडौं, २३ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनका लागि मन्त्रालयले सफ्टवेयर विकास गरेको बताएका छन् । सफ्टवेयर काम फटाफट गर्ने र कुनै पनि समस्या नुहने उनले बताए ।

मन्त्री पण्डितले भनेका छन्, ‘सात दिन सफ्टवेयरमार्फत् कर्मचारीको विवरण अद्यावधिक हुन्छ । सफ्टवेयरको आधारमा समायोजन हुन्छ । कसैको सोर्सफोर्स सफ्टवेयरले सुन्दैन । सफ्टवेयर आफैले कर्मचारीको समायोजन गर्छ ।’

उनले सफ्टवेयर आफैंले कर्मचारी समायोजन गर्ने र समायोजनमा हाइटेक विधि अपनाउने तयारी गरिरहेको जानकारी दिएका छन् ।

मन्त्री पण्डितले एक फरक प्रसङ्गमा क्याबिनेटबाटै अनावश्यक विदेश भ्रमण रोक्ने निर्णय भएकाले अहिले विदेश भ्रमणमा कडाइ गरिएको उल्लेख गरे । उनले भने, ‘अहिले जनप्रतिनिधिको विदेश भ्रमणमा पनि हामीले निकै कडाइ गरेका छौं ।’