नेकपा सगरमाथाभन्दा अग्लाे पार्टी हाे : झलनाथ खनाल

Jhalnath Khanal
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट पार्टी आइडोलोजिकल, सैद्धान्तिक र दार्शनिक पार्टी भएको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले नेपालको कम्युनिष्ट आन्दोलनका लागि चुनौतीको शिखर सगरमाथाभन्दा अग्लो रहेको बताएका हुन् ।

उनले सरकारको काम राम्रो नभएकोले पुननिर्माण गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै सरकार डुबे नेकपा पनि डुब्ने इंकित गरे । उनले सरकारले पनि थाहा नपाउने गरी गुप्त सम्मेलनहरु धमाधम भइरहेको बताउँदै यसले राष्ट्रियता कमजोर पार्ने उल्लेख गरे । पूर्वप्रधानमन्त्री खनालले पश्चिमा शक्तिले तराई टुक्रयाउन खोजेको र त्यसतर्फ सरकार सजग रहनुपर्ने धारणा राखे ।

शनिबार नेकपाको चार नेताले सचिवालय बैठक बहिष्कार गरेकोप्रति खनालले भने, ‘कहिलेकाँही बैठक ३ बजेका लागि बोलाइन्छ, ६ बजे सुरु हुन्छ । आज पनि यस्तै हो कि भनेर हामी हिँड्यौं । तहल्का मच्चियो ।’