पर्वत समाज कतारकाे अधिवेशन, अध्यक्षमा श्रेष्ठ

Parbat sewa samaj
लाेकपाटी न्यूज

दोहा । पर्वत समाज कतारको चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न भएको छ ।

साधारण सभा तथा चौथो अधिवेशनको उदघाटन गर्दै कार्यक्रमका प्रमूख अतिथि एवं पर्वत समाज कतारका संस्थापक भुपति भट्टराईले कठिन परिस्थितिमा पनि कतारमा छरिएर रहेका पर्वतबासीलाई एकत्रित गरेर खोलिएको संस्था निरन्तर सामाजिक सेवामा सक्रिय रहेको भन्दै खुसी व्यक्त गरे । संस्थापक भट्टराईले हालसम्म संस्थालाई यो उचाईसम्म पुर्‍याउनुहुने व्यक्तित्वलाई आभार व्यक्त गर्दै आगामी नवनिर्वाचित भएर आउने कार्यसमितिलाई संस्थाको गरिमा बचाई राख्न आग्रह गरे ।

संस्थाका अध्यक्ष चिन्तामणी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षक छविलाल भट्टराई, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, नेपाली जनप्रगतिशील मञ्च पाचौं महाधिवेशन आयोजक समितिका संगठन विभाग प्रमूख मोहन कार्की, समाजसेवी कमलमणी गुरागाइँ, प्रदेश नम्बर पाँच समन्वय परिषदका कार्यबाहक अध्यक्ष ठाकुर कुमार परियार, जिल्ला संस्थाको तर्फबाट बाग्लुङ सेवा समाजका अध्यक्ष सागर पौडेललगायतले पर्वत सेवा समाजले मानवीय र सामाजिक सेवामा स्थापनाकालदेखि नै उल्लेखनीय भूमिका खेलेको भन्दै निरन्तरता दिन आग्रह गरेका छन् ।

कार्यक्रममा विधान संशोधन उपसमितिका संयोजक अजय बिकले संस्थाको संशोधित विधानअनुसार संस्थाको नाम पर्वत युवा सेवा समाज कतारबाट पर्वत समाज कतार भएको र स्थापना मिति वि.स. २०६० साल कायम गरिएको जानकारी गराए भने संस्था र पर्वत जिल्लाको बारेमा पूर्व महासचिव दिलकुमार श्रष्ठले जानकारी गराएका थिए । सो कार्यक्रममा संस्थाका सचिव रघुनाथ शर्मालेले कार्यप्रगति प्रतिवेदन र सह-कोषाध्यक्ष हरिप्रसाद पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका प्रथम उपाध्यक्ष आनन्द सुवेदीले स्वागत गरेको कार्यक्रमको संचालन कार्यबाहक महासचिव याम केसी र सचिव रघुनाथ शर्माले संयुक्त रूपमा गरेका थिए । कतारमा कार्यरत विभिन्न सामाजिक तथा बैचारिक संघ/संस्थाको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा संस्थालाई सहयोग गर्ने संस्था तथा
व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

यसैबीच अधिवेशनले सबिन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा श्याम न्यौपाने, द्वितीय उपाध्यक्षमा बिक्रम कुँवर, सचिवमा शेषराज तिमिल्सिना र काेषाध्यक्षमा संजय तिवारी रहेका छन् । यस्तै कार्यसमिति सदस्यमा मिलन पौडेल, जगदीश शर्मा, सन्दीप पौडेल र गौतम कार्की रहेका छन् भने बाँकी रहेका पदाधिकारी तथा सदस्य कार्यसमितिले चयन गर्ने छ । सोही अवसरमा निर्वाचन समितिका संयोजक डिल्लीराम भट्टराईले निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र प्रदान गर्दै सपथ खुवाएका थिए ।